
काठमाडौं, ३ कात्तिक– दशैंको टीका नलगाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको टीका लगाउने भएका छन् ।
ज्ञानेन्द्रले बहिनी शाभा राज्यलक्ष्मीदेवी शाहबाट भाइ टीका लगाउने छन् । उनले विहान १०ः४५ मा टीका लगाउने कार्यक्रम रहको पूर्व राजाका निजी सचिव डा. फणी पाठकले बताए ।
तराई मधेसमा बाढी लगायत देशमा प्राकृतिक प्रकोप बढेकोमा दुखी भएको भन्दै ज्ञानेन्द्रले दशैमा सर्वसाधारणसँग दशै मनाएका थिएनन् ।