११ असार २०८३, बिहीबार

युरोपेली चुनावमा पराजयपछि फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद् विघटन र चुनावको घोषणा

जेठ २८, २०८१
काठमाडौं
युरोपेली चुनावमा पराजयपछि फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद् विघटन र चुनावको घोषणा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन् । युरोपेली संसद्‌को मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्‍यालीले ठूलो जीत हासिल गर्ने भएपछि उनले संसद् भंग गर्दै संसदीय निर्वाचन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । चुनाव यसै महिनाको अन्त्यमा हुने उनको घोषणा छ । 

संसद् विघटन गर्ने घोषणा गर्दै म्याक्रोनले निर्वाचनका लागि जुन ३० र जुलाई ७ मा दुई चरणमा मतदान हुने बताएका छन् ।

युरोपियन युनियनमा फ्रान्सको मतदान सकिएपछि र एक्जिट पोलको नतिजा आएपछि उनले एलिसी प्यालेसबाट यो घोषणा गरेका हुन् ।

यसअघि २८ वर्षीय राष्ट्रिय र्‍यालीका नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचन गराउन राष्ट्रपतिलाई खुलेर आग्रह गरेका थिए ।

उनले फ्रान्सका जनताले आगामी पुस्ताका लागि सही निर्णय लिनेमा आफू विश्वस्त रहेको बताए ।

म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छ । युरोपेली युनियनमा भएको चुनावले देशको राजनीतिमा प्रत्यक्ष असर पर्दैन ।

salt training

कमेन्ट गर्नुहोस्