०५ असार २०८३, शुक्रबार

विपद् उद्धारसम्बन्धी अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु

जेठ २८, २०८१
काठमाडौं
विपद् उद्धारसम्बन्धी अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु

बझाङमा विपद् उद्धारसम्बन्धी अभ्यास (तालिम)का क्रममा डुबेर एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-७ घर भएका धामीको अभ्यासका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए । 

उनका अनुसार बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्नेसम्बन्धि कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको डीएसपी शाहले बताए ।

नदीमा डुबेपछि उद्धार गरेर अस्पताल पुर्‍याइएका उनलाई जिला अस्पताल बझाङले मृत घोषणा गरेको थियो । 

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्