०६ साउन २०८३, बुधबार

रविलाई निलम्बन गर्नुपर्ने माग राखिएको रिटमाथि अन्तरिम आदेशसम्बन्धी सुनुवाइ सकियो

जेठ २८, २०८१
काठमाडौं
रविलाई निलम्बन गर्नुपर्ने माग राखिएको रिटमाथि अन्तरिम आदेशसम्बन्धी सुनुवाइ सकियो
फाइल तस्वीर

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर दायर गरिएको रिटमाथि अन्तरिम आदेशका सम्बन्धमा भएको सुनुवाइ सकिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेल लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइ सकिएको हो ।

शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । त्यसपछि भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए ।

रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग गरिएको छ ।

लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने भएकाले उनलाई तत्काल निलम्बन गर्नुपर्ने जिकिर समेत रिटमा गरिएको छ ।

सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रवि समेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको आरोप छ ।

कमेन्ट गर्नुहोस्