१५ असार २०८३, सोमबार

भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपालको भ्रमण गर्नुहुन्छ : प्रचण्ड

जेठ २८, २०८१
काठमाडौं
भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपालको भ्रमण गर्नुहुन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

नेपाल भ्रमणका लागि आफूले दिएको निम्तोको जवाफमा मोदीले उपयुक्त समयमा आउने बताएका प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्‌भाव वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न समेत भूमिका खेलेको उनको विश्वास थियो ।

salt training

कमेन्ट गर्नुहोस्