×

NIC ASIA

कानुन निर्माण तीन पक्षको सहभागितामा हुनुपर्छ : सभामुख पाठक

धादिङ | जेठ २८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

 बागमती प्रदेशका सभामुख भुवन पाठकले सांसद, सरोकारवाला र विज्ञको सहभागितामा मात्र कानुन निर्माण गर्नुपर्ने बताएका छन् । 
बागमती प्रदेश सचिवालयले आज आयोजना गरेको प्रदेशमा  कानुन कार्यान्वयनको अवस्था र चुनौती सम्बन्धमा स्थानीय तहसँगको छलफलमा उनले कानुन निर्माण गर्दा सबै पक्षको सहभागिता र अपनत्व हुनुपर्ने बताएका हुन् । “कानुन व्यक्ति, जीवन, विकास र पर्यावरणसँग सम्बन्धित हुनेभएकाले निर्माण पूर्व नै  सबैसँग छलफल गरेर बनाउनु पर्छ”, सभामुख पाठकले भने,“यसअघिका धेरैजसो कानुन छलफल नगरी मन्त्रीको आदेशमा कर्मचारीले बनाएर लागू गर्दा समस्या आएको गुनासो छ । अबचाहिँ ख्याल गर्नुपर्छ ।”

बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले जसको सवाल उसको नेतृत्व भन्ने नीतिअनुसार कानुन निर्माण नहुँदा जनताले फाईदा लिन नसकेकोले विषयगत रुपमा सरोकारवालासँग छलफल गर्नुपर्ने बताए । उनले अब प्रदेशसभाले विरोधाभासपूर्ण कानुन संशोधन गर्नुपर्ने, प्राकृतिक स्रोत, विकास र जनताको सरोकारका कानुन बनाउदा जनतासँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहले संविधान कार्यान्वयन गर्न र आवश्यकताअनुसार सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । बागमति प्रदेशले बनाएका ७८ कानुनमध्ये ४७ कानुन कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले कानुन निर्माणको क्रममा सार्वभौम जनताले जिताएका सासदलाई ह्वीप लगाउन नहुने बताए । यस्तै, कानुन बनाउँदा सर्वाेच्च अदालतको नजिर, संविधानको व्यवस्था, जनताको पक्ष र अन्तर्राष्ट्रिय महासन्धि हेरेरमात्र बनाउनुपर्ने पोखरेलको भनाइ छ ।


Advertisment
Rupse Holidays
Nabil box

कार्यक्रममा स्थानीय तहका अध्यक्ष, उपाध्यक्षले समयमा विकासका काम नसक्ने, ठेक्का अनुसार काम नगर्ने ठेकेदार र राजस्व नतिर्नेलाई कारबाही गर्न सक्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने, तथा एकल र साझा अधिकार बनाएर लागू गर्नुपर्नेमा जोड दिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x