१० साउन २०८३, आइतबार

एमाले काठमाडौं अधिवेशन : अध्यक्षमा निरौला र देउवा भिड्दै

जेठ २९, २०८१
काठमाडौं
एमाले काठमाडौं अधिवेशन : अध्यक्षमा निरौला र देउवा भिड्दै

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्नदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् ।

यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा  उपसचिवमा उद्धव भण्डारी, विन्दु महर्जन, गुञ्जमानसिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा समिति निर्वाचित गर्नेछ ।

अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दशत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । 

अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्