१० साउन २०८३, आइतबार

इजरायली बन्धक उद्धार अभियानमा ठूलो सङ्ख्यामा प्यालेस्टिनी नागरिकको ज्यान गएकोप्रति राष्ट्रसङ्घको निन्दा

जेठ २९, २०८१
काठमाडौं
इजरायली बन्धक उद्धार अभियानमा ठूलो सङ्ख्यामा प्यालेस्टिनी नागरिकको ज्यान गएकोप्रति राष्ट्रसङ्घको निन्दा

न्युयोर्क–संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठूलो सङ्ख्यामा नागरिकको ज्यान गएकोमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन् ।  

महासचिव गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पारेका छन् ।  

मानवीय जीवनमा हानि एउटा त्रासदी भएको जनाउँदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय कानूनअन्तर्गत सबैले आ–आफ्नोे दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रिफिङमा उल्लेख गरे ।  

राष्ट्रसङ्घका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउदै उनले  विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको बताए ।  

इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।

राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई  प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिनाशर्त रिहाइको लागि आह्वान गरिरहेको डुजारिकले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्