२५ असार २०८३, बिहीबार

संसद्‍मा कांग्रेस नेताको प्रस्ताव– सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गरौँ

जेठ २९, २०८१
काठमाडौं
संसद्‍मा कांग्रेस नेताको प्रस्ताव– सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गरौँ

राजनीतिक अस्थिरता बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । दिनहुँ सरकार फेरबदल भइराख्ने प्रदेश संरचना आवश्यक हो–होइन भन्ने विषयमा सोच्नुपर्ने उनले बताए । 

मंगलवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा कांग्रेसका सांसद नारायणदत्त मिश्रले अहिलेको निर्वाचन प्रणालीका कारण सधैँभरी गठबन्धनमा जानुपर्ने अवस्था आएको भन्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

‘सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गरौँ, हाम्रो आवश्यकता प्रदेश हो कि होइन ? दिनहुँ सरकार फेरबदल मात्र भइरहेको छ । यो निर्वाचन पद्धतिले सधैँ गठबन्धनमा जान बाध्य बनाएको हो कि ? निर्वाचन प्रणालीमा संशोधन गरौं,’ सांसद मिश्रले भने ।

प्रतिनिधिसभामा यदाकदा संविधान संशोधनको कुरा उठ्ने गरेको छ । गतसाता प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले संविधान संशोधनको प्रस्ताव गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्