०७ साउन २०८३, बिहीबार
टी-२० विश्वकप

वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

जेठ ३०, २०८१
काठमाडौं
वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत ​नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बुधबार बिहान हुने तय भएको खेल वर्षाका कारण रद्द भएको हो । 

योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

आईसीसीको नियमानुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । 

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको थियो । समूह चरणका चार खेलमध्ये पहिलो खेल हारेको नेपाल दोस्रो खेलमा जीत निकाल्ने दाउमा थियो भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा थियो । 

नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । 

समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्