
मुम्बई – सन्नी लियोनी पहिलोपटक दीपावली मनाउनका लागि चीन जाने भएकी छिन् । सन्नीले आफूलाई प्रशंसकसँग कुरा गर्न र उनीहरुसँग मिल्दा आफूलाई रमाइलो लाग्ने पनि बताएकी छिन् । ‘म पहिलोपटक चीनमा छु, र शोका लागि धेरै नै उत्सुक पनि छु’, उनले भनेकी छिन् ।
सन्नीले चीनमा दीपावलीको पार्टीमा प्रदर्शन गर्नेछिन् । जुन शोमा लभभग एक लाख भन्दा धेरै दर्शक आउनेछन् । शो लगत्तै उनी केही अरु केही देशमा पनि घुम्नेछिन् र आउने फिल्म ‘तेरा इन्तेजार’ को फिल्मको प्रचार पनि गर्नेछिन् ।