![अमेरिकामा नेपालीको क्रिकेट क्रेज [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/nepali_cricket_fans1_GbYkmL95S3.jpg)
नेपालमा क्रिकेट लोकप्रिय बन्दै गएको छ । यससँगै क्रिकेटका समर्थकहरू पनि बढ्दै गएका छन् । त्यो चाहे काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान होस् वा अमेरिकी क्रिकेट मैदान ।
जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इण्डिजमा भइरहेको छ । अमेरिकामा पनि नेपाली क्रिकेट समर्थकको कमी भने छैन ।
नेपाली टोलीलाई हौसला दिन राष्ट्रिय झन्डा बोकी हजारौं नेपालीहरू खेल मैदान पुग्ने गरेका छन् ।

पहिलो खेलमा दर्शकको हौसलाबीच नेपाल बलियो टिम नेदरल्यान्ड्ससँग पराजित भयो । आज बिहानलाई तय भएको दोस्रो खेलमा वर्षा बाधक बन्यो र नेपाल श्रीलंकासँग अंक बाँड्न बाध्य भयो ।
तर, समर्थकको उपस्थिति र उत्साह भने कम थिएन । आज पनि हजारौं नेपाली समर्थक खेलाडीको हौसला बढाउन पुगेका थिए ।
हेरौं थप तस्वीरहरू








तस्वीर : नेपाल क्रिकेट संघ (क्यान)