३० जेठ २०८३, शनिबार

शहरी विकास मन्त्रीलाई अमरेशले भने– गुगल गरें, यस्तो मन्त्री दुनियामा देखेको थिइनँ

जेठ ३०, २०८१
काठमाडौं
शहरी विकास मन्त्रीलाई अमरेशले भने– गुगल गरें, यस्तो मन्त्री दुनियामा देखेको थिइनँ

मन्त्रालयका विकास आयोजना आफ्नो जिल्लामा मात्रै खन्याएको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंह शहरी विकास मन्त्री धनबहादुर बुढाप्रति  आक्रोश व्यक्त गरेका छन् । उनले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरेर ‘मन्त्री विकास मन्त्रालय’ राख्न सुझाव दिए । 

विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयमा विनियोजित शीर्षकमाथि बुधवार प्रतिनिधि सभा बैठकमा खर्च कटौती प्रस्ताव राख्दै सांसद सिंहले प्रधानमन्त्रीले गरेको प्रतिबद्धताविपरीत मन्त्रीले सबै योजना आफ्नै जिल्लामा लगेको आरोप लगाएका हुन् । 

‘शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय लेखे हुन्थ्यो, मन्त्रीले डोल्पामा ३ पाना योजना लैजानु भएको छ । गुगल गरेर हेरे यस्ता मन्त्री दूनियामा देखेको थिइनँ’ मन्त्री बुढाप्रति लक्षित गर्दै सिंहले भने । 

प्रधानमन्त्रीले संघीय आयोजना ३ करोडभन्दा कम नगर्ने बताए पनि डोल्पामा स्मार्ट सिटीको नाममा एक लाखका योजना छुट्टाइएको उनले आरोप लगाए । मन्त्री बुढा नेकपा एसका नेता पनि हुन् ।

मन्त्रीले बजेटमा मनोमानी गरेको भन्दै सांसद सिंहले १८ जना मन्त्रीले दामासाहीमा आफ्ना क्षेत्रमा १ एक खर्ब बजेट लैजान चुनौती दिए ।

salt training

कमेन्ट गर्नुहोस्