०२ साउन २०८३, शनिबार

तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ ३०, २०८१
काठमाडौं
तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​सङ्खुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसहितविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उक्त कार्यका लागि निकासा भएको रकमबाट कुनै पनि कामको शुरूवात नै नगरी बिल भरपाई मिलाएर रकम अनियमितता गरेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा खानेपानी र पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना भएको पाइएपछि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले प्रधानाध्यापक भट्टराई र व्यवस्थापन समितिका अध्यक्ष अधिकारीविरुद्ध ४ लाख ६० हजार ४५५ बिगो कायम गरेको छ ।

यसैगरी विद्यालयका शिक्षक लालबाबु मण्डलविरुद्ध ३ लाख ४३ हजार र शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो कायम मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्