३० जेठ २०८३, शनिबार

रोनाल्डो चम्किएको खेलमा पोर्चुगलको सहज जीत, गोल संख्या पुर्‍याए १३०

जेठ ३०, २०८१
काठमाडौं
रोनाल्डो चम्किएको खेलमा पोर्चुगलको सहज जीत, गोल संख्या पुर्‍याए १३०

युरोकप फूटबल प्रतियोगिताको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो चम्किएपछि पोर्चुगलले सहज जीत निकालेको छ । 

गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले गणतन्त्र आयरल्यान्डलाई ३–० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जीतमा रोनाल्डोले २ गोल गरे भने १ गोल जाओ फेलिक्सको नाममा रह्यो ।

यससँगै रोनाल्डोले राष्ट्रिय टोलीको गोल संख्या १३० पुर्याएका छन् । यस क्रममा उनले २०७ खेल खेलेका छन् ।

राष्ट्रिय टोलीबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको अग्रस्थानमा रोनाल्डो नै छन् ।

यसअघिको खेलमा भने पोर्चुगल क्रोएसियासँग घरमै २–१ गोल अन्तरले पराजित भएको थियो ।

आगामी जुन १५ देखि जर्मनीमा युरोकप शुरू हुँदैछ । पोर्चुगलको समूहमा चेक गणतन्त्र, टर्की र जर्जिया छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्