
कुवेतको मङ्गाफ शहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो ।
प्रवासी मजदुरहरू बस्ने उक्त भवनमा आगलागी भएको कुवेतका गृहमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उक्त भवनमा नेपालीहरू समेत रहेको बताइए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
स्थानीय समयअनुसार उक्त भवनमा बुधबार बिहान ६ बजेको समयमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा आएसँगै कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।