
काठमाडौँको कोटेश्वरस्थित एक गोदामबाट सामान चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सन्दिप कुमार गुप्ताले सञ्चालन गरेको आहाना ईन्टरप्राईजेजबाट शिशु अनुगामी पावडर ब्राण्डका अन्दाजी बिस लाख चौबिस हजार मूल्य बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भई राजधानीको नरदेवी बस्ने सोनु गदाल समेत तीन जनालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।