३२ असार २०८३, बिहीबार

राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार सिफारिस

कात्तिक २०, २०७४
राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार सिफारिस


कञ्चनपुर, ३ कात्तिक - राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ ।chitrabahadur-KC

प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्र्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव रामबहादुर कार्कीले बताउनुभयो ।

प्रदेशसभातर्फ क्षेत्र नं १ मा कृष्ण पण्डित र लक्ष्मी राना बडायक, २ मा सुरेन्द्र चौधरी र कमल साहु तथा ३ मा मञ्जु चौधरी र नीरु कोलीलाई सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फ रोशना थापा मगर, कमला चौधरी, रामबहादुर चौधरी, धनादेवी नाथ र गौरा लुहारलाई सिफारिस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्