२३ असार २०८३, मंगलबार

कांग्रेस प्रवेश गरेसँगै गच्छदारले थाले बार्गेनिङ

कात्तिक २०, २०७४
कांग्रेस प्रवेश गरेसँगै गच्छदारले थाले बार्गेनिङ


विराटनगर ३ कात्तिक - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताएका छन् ।
Gachhadar bijay

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको र पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गरे | उनले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताए । यद्यपि संस्थापनले यसबारे अहिलेसम्म केहि बोलेको छैन |

उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आपूm सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्