२९ जेठ २०८३, शुक्रबार

पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने

जेठ ३१, २०८१
काठमाडौं
पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने
वीरगन्जको घण्टाघरमा यात्रुको पर्खाइमा रहेका रिक्सा चालक ।

चार दिनअघि कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएको छ । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । 

अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो हुँदा भारततर्फबाट तातो हावा आउने गर्छ । 

मनसुनी प्रणाली देशभर फैलिन समय लागेसँगै गर्मी बढ्दै गएको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । 

पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । 

देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्