
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले अमेरिकासँग बराबरी खेलेको छ । शुरूआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरिमा रोकिएो हो । क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो ।
खेलको १७औं मिनेटमै रोड्रिगोले गोल गर्दै ब्राजिललाई शुरूआती अग्रता दिलाएका थिए ।
तर, नौ मिनेटपछि नै क्रिस्टियन पुलिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन । यसअघि ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।