१२ साउन २०८३, मंगलबार
न्याय सेवा आयोगकाे बैठक

४३ जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षामा जम्मा ८ जना उत्तीर्ण

जेठ ३१, २०८१
काठमाडौं
४३ जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षामा जम्मा ८ जना उत्तीर्ण

जिल्ला न्यायाधीशको ४३ पदका लागि लिइएको लिखित परीक्षामा जम्मा ८ जना उत्तीर्ण भएका छन् ।

न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षामा उत्तीर्ण भएका आठैजनालाई अन्तर्वार्ताका लागि सिफारिश गरेको छ ।

अन्तर्वार्ताका लागि छानिनेमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराम ज्ञवाली छन् ।

४३ जना न्यायाधीशका लागि लिइएको लिखित परीक्षामा कुल २०३ जना सहभागी थिए । जसमध्ये ८ जना मात्र लिखित परीक्षा उत्तीर्ण भएर अन्तर्वार्ताका लागि छानिएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्