०६ साउन २०८३, बुधबार

सहमति नभएपछि गुल्मी एमालेमा मतदान, ज्ञवाली र विष्टका उम्मेदवारीबीच प्रतिस्पर्धा

जेठ ३१, २०८१
बुटवल
सहमति नभएपछि गुल्मी एमालेमा मतदान, ज्ञवाली र विष्टका उम्मेदवारीबीच प्रतिस्पर्धा

सहमतिको प्रयास असफल भएपछि नेकपा एमाले गुल्मीको नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेकाे छ । 

पार्टीको १२ औं अधिवेशनको २९ औं उद्घाटनपछि तीन दिनसम्म सहमतिमा नेतृत्व चयनको प्रयास गरिएको थियो । तर प्रयास विफल भएपछि निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको हो । गुल्मी पार्टी उप–महासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो । 

नेतृत्वको लागि अध्यक्षमा वर्तमान अध्यक्ष बालसिंह काउछा र हिरा एसी चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी उपाध्यक्षमा जीवन खरेल र गणेश श्रीपाली, सचिवमा धर्म विश्वकर्मा र पदम अर्याल मैदानमा उत्रिएका छन् । उप–सचिवमा चक्रबन्धु भुसाल र ओम कार्की उम्मेद्वार छन् । उप–सचिव महिलामा लक्ष्मी पन्त निर्विरोध भएकी छन् । 

३ बजेबाट मतदान गर्ने भनिएको थियो । तर सहमतिको पनि प्रयास भएपछि मतपत्र छाप्न ढिला भएको थियो । 

निर्वाचन मण्डलले तीव्र तयारी गरेर निर्धारित समयभन्दा झण्डै डेढ घण्टा पछाडि सवा ४ बजेबाट  मतदान सुरू गरेको जिल्ला अधिवेशनका प्रतिनिधि रुरु क्षेत्रका खिमबहादुर क्षेत्रीले जानकारी दिए । काउछालाई ज्ञवालीको र एसीलाई विष्टको साथ छ । 

यो चुनाव पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग जोडेर हेरिएको छ । काउछा महासचिव पोखरेल र एसी पौडेल निकटका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्