०७ असार २०८३, आइतबार
पूर्वमा वर्षा, पश्चिममा गर्मी बढ्दै

मनसुन कोशी प्रदेशमै सक्रिय, मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने

जेठ ३२, २०८१
काठमाडौं
मनसुन कोशी प्रदेशमै सक्रिय, मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने

कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा आज बिहानैदेखि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा मधेश प्रदेशसहित देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भेगका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

गत सोमबार यो वर्षको मनसुन नेपाल भित्रिएको थियो । पूर्वी नेपालबाट नेपाल भित्रिएको मनसुन अझै पनि कोशी प्रदेशमै बढी सक्रिय छ । देशभर फैलिन सकेको छैन । मनसुन देशभर फैलिन अझै कही दिन लाग्ने महाशाखाले जनाएको छ । 

यसैबीच, मध्य तथा पश्चिम तराईमा तीन दिनसम्म तातो लहर चल्ने भएको छ । महाशाखाले बिहीबार साँझ विशेष बुलेटिनमार्फत् देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्