०९ असार २०८३, मंगलबार

नतिजा नआए पनि प्रवेश परीक्षामा भाग लिन पाइने

जेठ ३२, २०८१
काठमाडौं
नतिजा नआए पनि प्रवेश परीक्षामा भाग लिन पाइने

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ । 

यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले बुधबारदेखि आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । 

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको  सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्