राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद शाहले अपराध र विकृति रोक्न भनेर गरिएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको बताएका हुन् ।
‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनुमान छ । टिकटिकको विकल्पमा रिल लगायत चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?,’ सांसद शाहले भने, ‘बरु दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौं रुपैया गुमाएका छन, सानो व्यवस्था गरेका मर्कामा परेका छन् ।’
सरकारले २०८० कात्तिक २७ बाट टिकटकमा प्रतिबन्ध लगाएको थियो । तर अहिले खोल्नको लागि दबाब बढिरहेको छ ।