०७ असार २०८३, आइतबार

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

जेठ ३२, २०८१
काठमाडौं
आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

 गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

उपप्रधानमन्त्री  एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उहाँको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो । 

 समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजै खानसँग भेटघाट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्