२७ जेठ २०८३, बुधबार

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न सिंहदरबारमा छलफल

असार ३, २०८१
काठमाडौं
सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न सिंहदरबारमा छलफल

सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा सिंहदरबारमा छलफल शुरू भएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्च अधिकारी​बीच सोमबार मध्यान्ह छलफल भएको हो ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामबापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ ।

आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

छलफलमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति छ ।

हाल संसद् सचिवालयमा ३ सय ९० कर्मचारीका कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्