२८ जेठ २०८३, बिहीबार

यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

असार ४, २०८१
काठमाडौं
यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

आगामी तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । कोशी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यस्तै, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, गोरखा र कास्की भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्