
अतिरिक्त काम गरेका संसद् सचिवालयका कर्मचारीका लागि भत्ताको व्यवस्था गर्न संसद्मा आवाज उठेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले सांसद रघुजी पन्तले अतिरिक्त समयमा गरेको कामको भत्ता दिन माग गरेका हुन् ।
‘जुन सुविधा अन्य कर्मचारीले पाएका छैनन्, त्यो संसद्का कर्मचारीले पनि पाउने कुरा हुँदैन । तर अर्थमन्त्रालयका कर्मचारीले भत्ता पाइरहेको समयमा संसदका कर्मचारीले नपाउने भन्ने हुँदैन । संसदमा कर्मचारीले धर्ना बस्ने अवस्था सुखद् होइन,’ पन्तले भने ।
अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने मागसहित संसद् सचिवालयका कर्मचारीले आन्दोलन गरिरहेका छन् । मंगलबार उनीहरूले सांसदलाई संसद भवन प्रवेश गर्न बाटो छेकेका थिए ।