०९ साउन २०८३, शनिबार

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको जीत

असार ५, २०८१
काठमाडौं
रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको जीत

युरोकप २०२४अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकलाई हराएको छ । जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको हो । 

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । अर्को गोल पोर्चुगलले उपहार पाएको थियो । यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले सान्त्वना गोल गरे । 

खेलको ६२औँ मिनेटमा लुकासको गोलमार्फत् शुरूआती अग्रता बनाएको चेक रिपब्लिकले अग्रता कायम राख्न सकेन। ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्किएको थियो । 

त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २–१ को पुनरागमन जीत दिएका हुन् । 

खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन् । रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् । 

सन् २००४ मा पहिलोपटक युरोकप खेलेका रोनाल्डोले त्यसपछि लगातार छौठौँपटक प्रतियोगितामा सहभागिता जनाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्