२९ जेठ २०८३, शुक्रबार

कोशीका केही ठाउँमा भारी वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसम ?

असार ५, २०८१
काठमाडौं
कोशीका केही ठाउँमा भारी वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसम ?
फाइल तस्वीर

हाल कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भेगका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ | 

महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भेगका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना छ । 

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भेगमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

salt training

कमेन्ट गर्नुहोस्