
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तो छ सम्भावित कार्यसूची