०७ असार २०८३, आइतबार

६० किलो सुन तस्करी प्रकरणः थप २ जना पक्राउ

असार ५, २०८१
काठमाडौं
६० किलो सुन तस्करी प्रकरणः थप २ जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतबाट थप दुई जनालाई पक्राउ गरेसँगै यो संख्या २० पुगेको हो।  
पछिल्लो पटक पक्राउ पर्नेमा  भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।

उनीहरूको सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको ब्युरोका एक अधिकारीले जानकारी दिए ।  
हङकङबाट ब्रेक सुमा भएको सुन तस्करीको ब्युरोले लगातार अनुसन्धान गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्