०९ असार २०८३, मंगलबार

अछामको पञ्चदेवल विनायकस्थित छाउगोठमा बसेकी किशोरी बलात्कृत, एक जना पक्राउ

असार ५, २०८१
काठमाडौं
अछामको पञ्चदेवल विनायकस्थित छाउगोठमा बसेकी किशोरी बलात्कृत, एक जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीको भनाइ छ । 

उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्