
मोरङमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका- ५ का अनिल पासवानको अढाई वर्षीय छोरा नितेश पासवानको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार अपरान्ह साढे ४ बजेपछिको समयमा खेल्दै जाने क्रममा नितेश निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्यांकीमा डुबेका थिए ।
उनकी आमाले देखेपछि उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो । तर उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।