१० साउन २०८३, आइतबार

टी–२० अलराउन्डरमा दीपेन्द्रः अहिलेसम्मकै उच्च वरीयतामा

असार ५, २०८१
काठमाडौं
टी–२० अलराउन्डरमा दीपेन्द्रः अहिलेसम्मकै उच्च वरीयतामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वरीयतामा छलाङ मारेका छन् ।

आईसीसीले बुधवार जारी गरेको टी–२० आईको अलराउन्डरतर्फको वरीयतामा तीन स्थान सुधार गर्दै दीपेन्द्र छैटौं स्थानमा उक्लिएका हुन् । यो उनले अहिलेसम्म हासिल गरेको उच्च वरीयता हो । 

यस क्रममा दीपेन्द्रले भारतका हार्दिक पान्ड्यालगायतलाई पछि पारेका छन् । उनी अस्ट्रेलियाका मार्कुस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर रजाभन्दा मात्र पछाडि छन् ।

null

टी–२० आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका स्टोइनिस उक्लिएका छन् ।

दीपेन्द्र बलिङतर्फ २७ स्थान सुधार गर्दै ९६ औंं स्थानमा छन् ।  यस्तै ब्याटिङतर्फ उनी पाँच स्थान सुधार गर्दै ४६ औं स्थानमा उक्लिएका छन् ।

टी–२० विश्वकपमा तीन खेल खेलेका दीपेन्द्रले ३२ रन बनाउनका साथै ६ विकेट लिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्