१२ साउन २०८३, मंगलबार

केन्यामा बढ्दैछ विदेशी शरणार्थीको भार

असार ५, २०८१
काठमाडौं
केन्यामा बढ्दैछ विदेशी शरणार्थीको भार

काकुमा–केन्याले २० भन्दा बढी देशहरूबाट अनुमानित सात लाख ७५ हजार शरणार्थीलाई आश्रय दिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)ले जनाएको छ । 

केन्याको काकुमामा रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त उपकार्यालयका प्रमुख नन्दुरी सतीशले जानकारी दिएअनुसार १० हजार शरणार्थीहरू शहरी क्षेत्रमा बसोबास गरिरहेका छन् ।  

करिब ९० प्रतिशत शरणार्थी सोमालिया, दक्षिण सुडान, लोकतान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया र बुरुन्डीका रहेको उत्तरपूर्वी केन्याको ककुमा शरणार्थी शिविरमा सतीशले बताए । 

उत्तरपूर्वी केन्याको दादाब शरणार्थी शिविरमा तीन लाख ७५ हजार शरणार्थी रहेको बताउँदै उनले काकुमाको शरणार्थी शिविरमा दुई लाख ८८ हजार शरणार्थी रहेको जनाए ।

पाँच वर्षअघि शरणार्थीको सङ्ख्या ६ लाख रहेको तर पूर्वी अफ्रिका क्षेत्रमा अस्थिरताका कारण यो सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे । 

खडेरी र अत्यधिक गर्मीजस्ता जलवायु परिवर्तनको प्रभावबाट बच्न शरणार्थीका लागि केन्या सुरक्षित गन्तव्य बनेको यूएनएचसीआरका अधिकारीले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्