१२ असार २०८३, शुक्रबार

हुरीबतासले पर्खाल भत्किँदा १ जनाको मृत्यु

असार ६, २०८१
बाँके
हुरीबतासले पर्खाल भत्किँदा १ जनाको मृत्यु

बाँकेको कोहलपुर–१४ स्थित हवल्दारपुरमा हुरीबतासका कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर–१४  वीरगन्जका मीना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।​​

उनका अनुसार खातुन स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेकी थिइन् ।

त्यस्तै हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् ।

घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्