२८ जेठ २०८३, बिहीबार

तोकिएकै मितिमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा

कात्तिक २०, २०७४
तोकिएकै मितिमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा
काठमाडौं, ५ कात्तिक — प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि पनि मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण नेपालीहरुको सहभागिता हुनुपर्ने बताएका छन् ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।582036-434852-sher-bahadur-deuba
उनले मुलुकमा निर्वाचन हुन गैरहेको बताउँदै निर्वाचनमा सम्पूर्ण जनताहरुको उल्लेखनीय सहभागिता होस् भन्दै चुनाव शान्ति, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाए ।
उनले चुनाव अब तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाए । देउवाले थपे,‘चुनाव एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ, त्यो पनि तोकिएकै मितिमा हुन्छ, स्वतन्त्र रुपमा सम्पन्न हून्छ, सरकार पूर्ण प्रतिबद्ध छ।’

salt training

कमेन्ट गर्नुहोस्