१० साउन २०८३, आइतबार

भियतनाम पुगेर पुटिनले भने– युक्रेनसँगको युद्धपछि एक्लिएर यहाँको भ्रमण गरेको हुँ

असार ६, २०८१
काठमाडौं
भियतनाम पुगेर पुटिनले भने– युक्रेनसँगको युद्धपछि एक्लिएर यहाँको भ्रमण गरेको हुँ

हनोई– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोको बढ्दो एक्लोपनको सामना गर्न आफ्नो गठबन्धनलाई बलियो बनाउने उद्देश्यले भियतनामको भ्रमण गरेको बताएका छन् ।
भियतनामको भ्रमणका क्रममा बिहीवार राजधानी हनोईमा रहेका पुटिनले रुस र भियतनामबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । 

उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्तापछि पुटिनले शीतयुद्धका दिनदेखि मस्कोको नजिकको सहयोगी रहेको अर्को एसियाली मुलुक भियतनामको भ्रमण गरेका हुन् । 

पुटिनसँग भियतनामी राष्ट्रपति तो लामले रक्षा सहयोग बढाउने इच्छा व्यक्त गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

‘अन्तर्राष्ट्रिय कानूनका आधारमा गैरपरम्परागत सुरक्षा चुनौतीको सामना कसरी गर्ने, यस क्षेत्र र विश्वमा शान्ति र सुरक्षाका लागि कसरी सामना गर्न सकिन्छ भन्ने ठानेर दुवै पक्ष रक्षा र सुरक्षामा सहयोग बढाउन चाहन्छन्,’ लामले पुटिनसँगको वार्तापछि सञ्चारकर्मीसँग भने ।

सन् १९९५ देखि २०२३ को बीचमा भियतनामको मुख्य हतियार आपूर्तिकर्ता मस्कोले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ, तर युक्रेन द्वन्द्वसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबन्धहरू तीव्र भएपछि हालैका वर्षहरूमा माग सङ्ख्या घटेको छ ।

लाम र पुटिनले शिक्षादेखि न्याय र असैनिक आणविक परियोजनासम्मका करिब एक दर्जन सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पुटिनले पत्रकारहरूसँग कुरा गर्दै वार्ता रचनात्मक रहेको र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा दुवै पक्षको ‘समान वा धेरै नजिकको’ अडान रहेको बताए । 

उनले भने, ‘उनीहरूले एशिया–प्रशान्त क्षेत्रमा पर्याप्त र भरपर्दो सुरक्षा संरचना निर्माण गर्ने विषयमा छलफल गरेका छन् । यो बल प्रयोग नगर्ने र मतभेदलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने सिद्धान्तमा आधारित छ ।’

पुटिनको एसिया भ्रमण पश्चिमा शक्तिहरूले युक्रेनमा रुसको युद्धलाई रोक्ने उद्देश्यले प्रतिबन्धहरू बढाएका बेला भएको हो ।

अमेरिका, बेलायत र युरोपियन युनियनले गत हप्ता नयाँ प्रतिबन्धहरूको घोषणा गरेका थिए । यस्तै जी–७ का नेताहरू रोक्का गरिएको रुसी सम्पत्तिबाट प्राप्त मुनाफाबाट किएभलाई ५० अर्ब डलरको नयाँ ऋण प्रदान गर्न प्रयोग गर्न सहमत भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्