०७ असार २०८३, आइतबार

१४ लाख ८० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

असार ६, २०८१
रौतहट
१४ लाख ८० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन् ।

उनलाई रौतहटको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा इलाकाबाट बिहीबार पक्राउ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।​

बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।​​​​​

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनी सवार मोटरसाइकलको सिटमुनी उक्त रकम बरामद गरेको थियो ।

बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि उनलाई गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्