
अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ कर्मचारीहरुलाई आज मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् ।
“करदातालाई अनुचित ढङ्गले दबाब दिने होइन उचित ढङ्गले कर तिर्न प्रेरित गरौँ”, उनले भने, “राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।”
उनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न पनि पनि निर्देशन दिए। तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट पारे ।