१२ साउन २०८३, मंगलबार

सौर्य तथा पवन उर्जाको क्षेत्रमा भारतसँग सक्रिय रुपमा सहकार्य भइरहेको छ– श्रीलङ्काली राष्ट्रपति

असार ६, २०८१
काठमाडौं
सौर्य तथा पवन उर्जाको क्षेत्रमा भारतसँग सक्रिय रुपमा सहकार्य भइरहेको छ– श्रीलङ्काली राष्ट्रपति

कोलम्बो– श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन उर्जामा, हरित हाइड्रोजन प्राप्तिजस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रुपमा सहकार्य गरिरहेको बताएका छन् । 

उनले श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैंक स्थापना गर्न पनि खोजिरहेको बताए । 

अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४ को बुधबार आयोजित उद्घाटनलाई सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले साना र मध्यम स्तरका उद्यमीहरूलाई सहयोग गर्न इन्टरप्राइज श्रीलङ्का नामक नयाँ इकाई स्थापना गर्ने योजना रहेको उल्लेख गरे । श्रीलङ्काका राष्ट्रपतिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी पहलहरूबारे छलफल गरिसकेको जनाए ।
 
‘हामी यी योजनामा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौँ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरिसकेको छु र भोलि भारतीय विदेशमन्त्रीसँग थप छलफल हुने अपेक्षा गरेको छु,’ उनले भने । अडानी कम्पनीले श्रीलङ्कामा आफ्नो काम सुरु गरेको उनले बताए ।

यसबाहेक, भारतका विदेश मन्त्री एस जयशङ्करले जुन २० मा श्रीलङ्काको आधिकारिक भ्रमण गर्ने तयारी गरिएको  विदेश मन्त्रालयले बुधबार जनाएको छ । 

आफ्नो भ्रमणको क्रममा भारतीय विदेशमन्त्रीले दुई देशबीचको साझेदारीका विस्तृत मुद्दाहरूमा श्रीलङ्काका नेतृत्वसँग बैठक गर्नेछन् ।

‘प्रधानमन्त्री मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशमन्त्रीको यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ,’ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् बताएको छ । 

‘विदेशमन्त्री जयशङ्करको भ्रमणले आफ्नो सबैभन्दा नजिकको समुद्री छिमेकी र समय–परीक्षित मित्रको रूपमा भारतको निरन्तर प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्