१७ असार २०८३, बुधबार

पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण

असार ६, २०८१
काठमाडौं
पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण

पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ ।

  नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को टोलीले आज पर्यटक सवारी साधनमा कार्यरत एक सय भन्दा बढी चालक र सहचालकलाई पोशाक वितरण गरेको हो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट सेवा प्रदान गर्न चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहने बताए।

उनले पर्यटक सवारी साधनलाई देशको पूर्वदेखि पश्चिमसम्मका पर्यटकीय गन्तव्यमा पु¥याउन एशोसियशन लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ निर्देशक ऐरले काठमाडौँमा पर्यटक सवारी साधनका लागि छुट्टै बसपार्क निर्माण गर्न नेपाल पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्