२३ जेठ २०८३, शनिबार

शिक्षाको विकासका लागि एकीकृत कार्यक्रम आवश्यकः मुख्यमन्त्री कँडेल

असार ६, २०८१
सुर्खेत
शिक्षाको विकासका लागि एकीकृत कार्यक्रम आवश्यकः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा क्षेत्रको विकासका लागि कर्णाली प्रदेशमा एकीकृत परियोजना आवश्यक रहेको बताएका छन् । 

सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारसँगको सहकार्यमा ‘युनिसेफ र समाज जागरण केन्द्र (स्याक नेपाल)’ले सञ्चालन गर्न लागेको कर्णाली प्रदेशमा शिक्षाको गुणस्तर अभिवृद्धि परियोजनाको प्रदेशस्तरीय सुरुआती बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर रहेकाले शिक्षामा पनि पछि परेको उल्लेख गरे । 

उनले अभिभावकहरु कामकाजका सिलसिलामा विभिन्न स्थानमा जाँदा बालबालिका पनि सँगै जाने गरेकाले उनीहरुको पढाइ प्रभावित भएको बताए । मुख्यमन्त्री कँडेलले कर्णालीमा शिक्षाको अवस्था विगतभन्दा सुधार हुँदै गए पनि धेरै काम गर्न बाँकी रहेको धारणा राखे । 

    सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले शिक्षा परियोजनाबाट कर्णालीको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरे । 

salt training

कमेन्ट गर्नुहोस्