काठमाडौं, ५ कार्तिक– आइतवार विहानै काठमाडौंमा गोली चलेको छ । काठमाडौंको लैनचोर म्हेपीमा गोली चलेको हो ।
विहान करिब ४ बजे म्हेपीमा गोली चलेको प्रहरीले जनाएको छ । अपरिचित समुहले काठमाडौंको रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार गरेको हो ।
विहानै स्कुटीमा हिँडिरहेका गुरुङमाथि कारमा आएका व्यक्तिले गोली चलाएका प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका गुरुङको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङको खुट्टामुनि गोली लागेको छ । गोली लागेर घाइतेभएका गुरुङको अवस्था खतरामुक्त भएको प्रहरीले जनाएको छ ।