०१ असार २०८३, सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

असार ७, २०८१
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ । 
बजेटसहितका विषयमा छलफल गर्न कांग्रेसले दिउँसो २ बजे दलको कार्यसमिति र ३ बजे संसदीय दलको बैठक बोलाएको हो । 

बैठक संघीय संसद् भवन बानेश्वरस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने कांग्रेसले जनाएको छ । 

कांग्रेसले बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्