०१ असार २०८३, सोमबार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

असार ७, २०८१
काठमाडौं
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ । 

सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै उनलाई मन्त्री पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको हो । 

यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो । 

 महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै उनीविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि विवाद सर्वोच्चसम्म पुगेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्