२४ जेठ २०८३, आइतबार

ट्रम्पलाई एउटै व्यक्तिले दिए पाँच करोड डलर चन्दा

असार ७, २०८१
काठमाडौं
ट्रम्पलाई एउटै व्यक्तिले दिए पाँच करोड डलर चन्दा

अर्बपति टिमोथी मेलनले एक्लै डोनाल्ड ट्रम्पलाई ५० मिलियन (पाँच करोड) डलर दान (चन्दा) गरेका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पलाई चुनाव अभियानका लागि अर्बपति मेलनले एक्लै पाँच करोड डलर चन्दा दिएका हुन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी मेलनले ट्रम्पलाई ५ करोड डलर दान गरेका हुन् । यस्तै, अर्बपति लिज र डिक उइलेनले ट्रम्पलाई एक मिलियन डलर दान गरेका छन् ।

मेलोनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाडेनभन्दा बढी खर्च गरेको समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्